सत्ता–रुख र मान्छे

म खुलासा गर्छु आज–
सत्ता नामको
एउटा ठूलो रुख छ हाम्रो नेपालमा
केही मानिसहरु
लम्बेतान लाइनमा देखिन्छन्
आलोपालो रुख चढ्न
अनुशासित बनेर पर्खेका छन्

मायावी तरिकाले
पहिलो, दोस्रो, तेस्रो र चौथो पुस्ता
हेर्दै रहर लाग्दा अनुहार
कति मिलेर लाइनमा छन्
हात धोएर खाना पर्खेका जस्ता
धूप बोकेर मन्दिर पस्ने जस्ता
‘स्टेरिङ्ग’ समाउन साँचो बोकेका जस्ता
हेर्नस् त कति रमाएका देखिन्छन्

–चाङ चिराग

Keep in touch

 

+977 985 11 44288

akashi81@gmail.com

 काशीराम डाँगी  (अंग्रेजी नाम Kashiram Dangi) नेपालका एक पत्रकार हुन् । विगत डेढ दशकदेखि राष्ट्रिय मूलधारको पत्रकारितामा क्रियाशील उनी कान्तिपुर दैनिकको रोल्पा संवाददाता हुन् । उनले रोल्पाबाटै २०५२ फागुन १ बाट सुरु भएको माओवादी सशस्त्र द्वन्द्व र विकास लगायतका थुप्रै विषयमा रिपोर्टिङ गरेका छन् ।

उनी नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति हुन् । साथै उनी रोल्पाको पहिलो पत्रिका रोल्पा आवाज पाक्षिकका सम्पादक समेत हुन् ।

उनको जन्म पश्चिमी रोल्पाको जुगार गाविसको वडा नं २ हाङ्जाबाङ (हालको त्रिवेणी ५) गाउँमा वि.सं. २०३७ फागुन १२ गते शिक्षा दिवसका दिनमा भएको थियो । उनका स्वर्गीय मातापिताको नाम नन्दा र्घर्ती डाँगी र झुपेश डाँगी क्षत्री हो ।

माध्यमिक तहमा अध्ययनरत हुँदा उनले दाङबाट प्रकाशित नयाँ युगबोध दैनिक, गाउँघर सातदिनेसव्यसाँची साप्ताहिक पत्रिकाका लागि विसं. २०५३/५४ देखि केही समय सम्वाददाताका हैसियतमा स्वयंसेवी रिपोर्टिङ गरेका थिए । त्यसबेला उनले राजनीतिका साथै स्थानीय विषयवस्तुमा केन्द्रित भई ग्रामीण पत्रकारिता गरे । उनी त्यसअघि संभवतः रोल्पाको पहिलो भित्ते पत्रिका नव प्रभात मासिक प्रकाशनमा संलग्न रहे । पश्चिमी रोल्पाको जुगारस्थित जन जागृति माध्यमिक विद्यालय (हालको उच्च मावि) मा अध्ययनरत हुँदा उनी त्यस पत्रिकाको सम्पादक थिए । उनीसहितका करिब आधा दर्जन विद्यार्थी साथीहरुसँग मिलेर वि.सं. २०५३/५४ तिर उक्त पत्रिका प्रकाशित हुन्थ्यो । उक्त पत्रिकामा समाचारका साथै साहित्यिक रचना समावेश गरिन्थ्यो ।  आफैं  हातले लेखेर  भित्तामा टाँस्ने गरी पत्रिका प्रकाशित हुन्थ्यो ।

गाउँबाट पत्रकारिता गर्न रोल्पा सदरमुकाम लिबाङमा आएपछि उनी रोल्पाको पहिलो समाचार पत्रिका रोल्पा आवाज पाक्षिकका सम्पादक भए । रोल्पा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उक्त पत्रिका वि.संं २०६३ कात्तिक २२ गते पहिलो पटक प्रकाशित भएको थियो । उक्त पत्रिका प्रकाशित हुँदा उनीसहित करिब दर्जन साथीभाई सुनछहरी प्रकाशन प्रा.लि.मा आबद्ध थिए । उनीसहितको समूहले रोल्पामै पहिलोपटक स्थापना गरेको सामुदायिक रेडियो रोल्पा (एफएम ९३.८मेह) मा डाँगीले समाचार संयोजक/सम्पादकका रुपमा पनि कार्य गरे ।

उनले वि.सं.२०५७ बाट कान्तिपुर दैनिकमा रोल्पा सम्वाददाताका हैसियतमा रिपोर्टिङ सुरु गरेका थिए । सशस्त्र द्वन्द्व सम्बन्धी प्रभावकारी रिपोर्टिङ गरेका कारण कान्तिपुर पब्लिकेसन्सले उनलाई संलग्न भएको एक वर्षछि २०५८ सालमा वेस्ट आउट स्टान्डिङ पुरस्कारबाट सम्मान गरेको थियो । त्यस अतिरिक्त उनले पत्रकारिता क्षेत्रका अन्य महत्वपर्ूण्ा पुरस्कार एवं सम्मान समेत प्राप्त गरेका छन् ।

उनले द्वन्द्व, विकास, मानवअधिकार, संक्रमणकालीन न्याय, समाज अध्ययन, राजनीति तथा समावेशी (जनजाति, अल्पसंख्यक, पछौटैपन, पीडित आदि) विषयमा निरन्तर खोजमूलक तथा गहण रिपोर्टिङ गरेका छन् । माथि उल्लेखित विषयप्रति बुझ्न र रिपोर्टिङ गर्ने उनको गहिरो रुचि समेत छ ।

उनी रोल्पामै रहेर मूलधारको पत्रकारितामा संलग्न रहँदै आएका छन् । उनी साहित्यिक सिर्जनामा पनि संलग्न छन् । साहित्य सिर्जनामा उनी के त्रसित, के आर डाँगीचाङ चिराग का नामले चिनिदै आएका छन् । लामा लेख र साहित्यिक रचना लेख्न रुचि भएका उनी कविता, निबन्ध, यात्रा संस्मरण लगायतमा कलम चलाउन मन पराउँछन् । अध्ययन र मानिसहरुसँग भेटघाट गर्ने उनको अर्को रुचिको विषय हो । घुमघाम गर्नु उनको थप रुचि हो ।

त्रिभुवन विश्वविद्यालयबाट मानविकी र समाजशास्त्रमा स्तातक  उनी पूर्वाञ्चल विश्वविद्यालयबाट मिडिया टेक्नोलोजी विषयमा पनि स्नातकोत्तर हुन् । उनले उक्त तहको अध्ययनका लागि रोल्पाका साप्ताहिक पत्रिकामा समाचार प्रस्तुति विषयमाथि शोध पत्र तयार पारेका थिए । उनी नेपाल प्रेस  ईन्स्टिच्युट बाट दूर शिक्षा कार्यक्रम अन्तर्गत संचालितपत्रकारिता विषयमा समेत स्नातक हुन् ।

-रामचन्द्र श्रेष्ठ/प्रवेश आचार्य (श्रेष्ठ सिद्धहस्त चित्रकार र आचार्य वेव डिजाइनर हुन् ।)

LATEST POST