आकाश छरपस्ट छ
डङ्गुर छ बादलको
खुशीराम यतिबेला तिमी
चाहिरहेछौ तिम्रो खुशी बाँड्न
सकी नसकी जोड्तोड्लेर्
र्घसदैछौ तिमी
दौड्दैछौ तिमी
काँडा होलान् बाटैभरि-
तैपनि सुरु भइसकेको छ तिम्रो यात्रा
लम्किसकेका छौ तिमी ।
तिमी कसरी दौड्न सक्छौ –
तिमीलाई के थाहा –
अघिसम्म तिमी हिड्ने बाटोमा
ढुंगाहरु राखिएका थिए
रगतको थुप्रो राखिएको थियो
तिमीले सकेनौ अवीरले रंगाउन
तिम्रो छोराको सपना
कही कतै सकेनौ भेट्टाउन
तिम्रो मायाको कुना
र कतै सकेनौ तिमीले उमार्न
तिम्रो आस्थाको गमला ।
कति बेचैनीले छट्पटायौ होला
तिम्रो आधा गाँसहरुमा
कति अभक्ष्य मिसाइयो होला
तर, तिम्रो निर्दोषता
छटपट छटपट गर्दै
बदला खोज्न उर्लिएको बेला
खुशीराम !
म तिमीलाई सलाम गर्छु
साथ  दिन्छु
एउटा इतिहास तयार पार्न ।
तिम्री स्वास्नीले
नयाँ शिशु पाएको बेला
तिम्रो खुशीका उत्कर्षरु
आस्थाको सगरमाथामा
ठिङ्ग उभिन खोजेको बेला
खुशीराम तिमीलाई पनि
अवश्य खुशी बाँड्न मन लाग्छ होला
एउटा नवीन सोंचमा
एउटा बुनियाँदी रहरमा
वेपरवाह जीवनमा
म तिम्रो फेरो समातूँ लाग्छ
चाहन्छु म पनि
Kashi

Chang Chirag

एउटा आस्थाको गमलामा
निमेषमै फूल फुलाउन ।
तिमीलाइ याद होला
गाउँका मुुखियाले घृणा गरे
नवीन इतिहास रचेपनि
मुक्त भएन पुस्तौनी शोषण
र, चिनिन सकेको छैन त्रि्रो इतिहास
त्यसैले खुशीराम मलाई पनि
बुझ्न मन लागेको छ-
एउटा इतिहासको कालखण्ड
एउटा ऐतिहासिक सोंच
र अविराम संवेद्य यात्रा ।
खुशीराम !
जब उदिनमा राख्छौ आस्था
तिखो बन्नेछ तिम्रो योजना
गतिशील बन्नेछ आस्थाको कलम
र, सुरु हुनेछ-अक्षर युद्ध
आँधिको हुंकारसँगै चल्नेछ त्यो युद्ध
र, बढारिनेछन् व्यभिचारीहरु
टाढा छैन त्यो दिन
 त्रसित हुनेछन् अत्याचारीहरु
र, उदाउनेछ सूर्य
सुरु हुनेछ सुनौलो विहानी ।
………..
रोल्पा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *