Kashira.m

Kashiram  Dangi, infront of Kothi bhir with snow

उकालो चढ्दै गयौं, चिसो पनि बढ्दै गयो । वरिपरिका डाँडा

Numraj Khanal.

Numraj Khanal in Gam on snow.

माथि सेतै हिउँ परेकाले चिसो बढ्दै गएको हामीले त्यो उक्लाईसँगै निष्कर्ष निकाल्यौं ।
स्याउलीबाङ र गाम छुट्टनिे सीमाको डाँडा, कोठीभिरमा पुग्दा हिउँको थुप्रो भेटियो । हामीले त्यो हिउँ खाएर तिर्खा मेटायौं र एकछिन् हिउँमा पल्टिखेलेर हिउँलाई नजिकबाट छुने रहर मेट्यौं ।

केही दिन अघि स्याउलीबाङबाट अज्ञात सशस्त्र समूहले प्रहरी चौकीमाथि आक्रमण गरेर आधुनिक हतियार लगेपछि त्रसित बनेका प्रहरीले भनेका थिए, “ऊ त्यही बाटोबाट उनीहरु गएको अनुमान छ । उनीहरुले हतियार पनि उतै लगेका छन् ।” हामी स्याउलीबाङबाट उकालो लाग्नु अघि त्यहाका प्रहरीले कोठीभिरको बाटो देखाउदै भनेका थिए ।
जब हामी गामतिरको ओरालो झर्यौं, दिन ढलिसकेको थियो ।
र, अलि तलको जंगलमा एउटा ठूलो जनावर देखियो । निकै नजिक थियो, त्यो जनावर ।
“त्यो त बाघ हो ।” सहकर्मी नुमराजजी कराउनुभो ।
हामी डरले थुर थुर भयौं ।
माथिको डाँडामा हिउँसँग पल्टिखेल्दा एकछिन नमस्ते फोनले काम गरेको थियो र हामीले कार्यालयमा सर्म्पर्क गरेका थियौं ।
हामी भित्री गाममा पुगेर बास माग्दा रात छिप्पिन लागेको थियो ।
रामजीका बाआमाले हामीलाई बास दिन ढोका खोल्दै गर्दा नजिकै सेल्टर लिएको प्रहरीले निकै टाँठो लाइट बालेको थियो । हामी झट्टपट्ट कोठामा छिर्यौं ।
कतिसम्म भने अनचिनारु हामीहरुले टुटेफुटेको खाम मगर भाषा बोल्ने प्रयास गरेर बास माग्नु परेको थियो ।
भोलिपल्ट गामको बासामा पुगेपछि अघिल्ला दिन आइपुगेका रोल्पा प्रहरी प्रमुख प्रनाउ दीवेश लोहनीसँग भेट भयो । उनका साथमा गएका सशस्त्रका प्रनाउ कृष्ण अधिकारी र प्रहरीको केन्द्रीय स्पेशल टास्क फोर्स (एसटीएफ) का निरीक्षक पनि त्यही थिए ।
गाम पुगेको एक साताभर हामीले स्काई फोनबाट पत्रिकालाई समाचार टिपायौं ।
भोलिपल्ट पत्रिकामा छापिएका अग्रभाग र एङकर समाचार पढेर प्रनाउका आफन्तहरुले फोनबाटै सुनाउथे र हामी पनि उनको फोन वरिपरि लाइन बसेर अघिल्लो दिन आफैले लेखी पठाएका समाचार सुन्थ्यौं । तस्बिर र विस्तृत समाचार भने हामी लिबाङ फर्की आएपछि मात्र पठाएका थियौं ।

(करिब ५ वर्षअघि मैले लेखेको थिएँ । त्यसपछि म कैयौं पटक गाम पुगेँ । स्याउलीबाङ प्रहरी चौकीमा आक्रमण भएको खबरपछि कान्तिपुरका हामी, म र प्युठानका तत्कालीन संवाददाता नुमराज खनाल त्यहाँ पुगेका थियौं । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *