शुरुआती पत्रकारिताको त्यो साँघुरो गोरेटो, आज फराकिलो सडक बन्दैछ

काशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष हुनुहुन्छ । पत्रकारिताका साथसाथै साहित्य सिर्जनामा पनि उहाँको अभिरुचि छ । सञ्चार क्षेत्रमा विशेष योगदान गरे वापत पत्रकार डाँगीले विभिन्न सम्मान र पुरस्कार पाउनु भएको छ । उहाँ पत्रकार बनेर सञ्चार्रकर्ममा लाग्दा मुलुकमा चर्को सशस्त्र द्वन्द्वको कालो बादल मडारिइरहेको थियो ।
महासंघ रोल्पा शाखाको एक दशकको अवधि पूरा भएको सर्न्दर्भमा महासंघका संस्थापक अध्यक्ष डा“गीसँग महासंघ स्थापनाको सर्न्दर्भ, अवस्था र पत्रकारिताको वर्तमान स्थितिका बारेमा महासंघ रोल्पाका चौथो कार्यसमितिका अध्यक्ष महेश न्यौपाने ले लामो संवाद गर्नुभएको थियो । प्रस्तुत छ, उक्त संवादको सारसंक्षेप:

-तपाईँ पत्रकारितामा कसरी लाग्नुभयो ?

म पत्रकारितामा लाग्नुको सुरुआती कारण त रहर नै हो । पत्रकारितामा लागेको धेरै समयपछि मात्र जिम्मेवारी महसुस भएको हो । रहरले लागेको पत्रकारितामा जति समय बित्दै जान्छ, उति नै जिम्मेवारी बोध हुदै जान्छ । अहिले मैले त्यस्तै अनुभव गर्दै आएको छु । माध्यमिक विद्यालय तहमा पढ्ने बेलामै पत्रपत्रिका पढ्ने र समाचार लेख्ने प्रयास थालेदेखि नै मलाई पत्रकारितामा लाग्ने अभिरुचि जागिसकेको थियो । पछि क्याम्पस तहको अध्ययन थालेपछि भने मैले पूरै समय पत्रकारिता गरेर बिताउने निर्ण्र्ाागरेँ । त्यसै अनुसार १५ वर्षअघि म मेरो गाउँ जुगारबाट सदरमुकाम लिबाङ आएँ । यता आएपछिको मेरो पूरै समय मैले पत्रकारितामै बित्दै आएको छ ।
अहिले पत्रिकारिता नै मुख्य कर्म बन्न पुग्यो । पत्रकार महासंघको स्थापना र थुप्रै साथीहरु थपिएपछि भने यो कर्म पनि रमाइलो लाग्दै आयो । अर्को कुरा, यसै जिल्लाबाट सुरु भएको सशस्त्र द्वन्द्वलाई नजिकबाट नियाल्न पाएको हुँदा कालान्तरमा यही पत्रकारिता कर्मलाई उपयुक्त मानेकाले मैले निरन्तरता दिदै आएको हुँ ।
रोल्पा जिल्लाको पत्रकारितालाई कसरी हर्ेर्नु भएको छ ?

समयका हिसाबले भन्ने हो भने मैले पत्रकारिता थालेको सुरुआती दिनका तुलनामा अहिलेको समय निकै भिन्न भएको छ । हाम्रो जिल्लामा भौतिक विकासका कारणले पहिले भन्दा केही सजिलो भएको छ । सञ्चार माध्यमहरु थपिएका पनि छन् भने सञ्चार साधनको पनि उल्लेखनीय विकास भएको छ । यस अर्थमा करिब एक दशकको तुलनामा अहिलेको पत्रकारिता गर्ने तरिकामा धेरै फरक आएको छ । बदलिँदो समयसँगै पत्रकारितालाई मापन गर्ने अर्को आधार पत्रकारिताको गुणस्तरीयता, विश्वसनीयता र समाजमा यसको प्रभावलाई हर्ेन सकिने मेरो बुझाई छ । यस अर्थमा पक्का पनि रोल्पा जिल्लाको पत्रकारितालाई मध्यनजर गर्दा आशलाग्दो मान्न सकिन्छ ।
पत्रकार महासंघ स्थापना भई संस्थागत विकास भएको एक दशकको समयलाई त्यति लामो मान्न सकिदैन । तैपनि अहिले पत्रकारिताको जेजति विकास भएको छ, त्यसले पक्कै पनि सुरुआती दिनलाई थप निरन्तर बनाएको छ । जिल्लामा क्रियाशील पत्रकारको संख्या, तिनले निर्वाह गरिरहेको पेशागत मर्यादा र जिम्मेवारी बोधबाट यसको सही मापन गर्न सकिने आधार हुन सक्छन् ।
रोल्पाको पत्रकारिताको पूरै समीक्षा गरिहाल्ने समय भएको छ जस्तो मलाई लाग्दैन । तैपनि यहाँ स्थापित स्थानीय सञ्चार माध्यम, तिनले पुर्‍याएको सामाजिक परिवर्तन र पत्रकारको पेशागत दक्षता, व्यक्तिगत/बृत्ति विकास, समाजले पत्रकारिता क्षेत्रलाई हर्ेर्दै आएको दृष्टिकोण लगायतका आधारमा अहिलेको पत्रकारितामाथि टिप्पनी र समीक्षा गर्न सकिन्छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाको गठनको क्षणलाई कसरी सम्झनुहुन्छ ?
महासंघ गठन गर्दाताका अहिलेको जस्तो फराकिलो र सहज समय थिएन । त्यसबेला एकातिर तत्कालीन व्रि्रोहीले यसै जिल्लाबाट राज्यका विरुद्ध थालेको सशस्त्र संर्घष्ाको प्रभावको दायरा बढ्दै थियो भने अर्कोतिर भौगोलिक विकासका हिसाबले केन्द्रीय राज्य प्रणालीबाट निकै टाढा रहेको यस जिल्लामा सञ्चार्रकर्म थाल्नु पक्कै पनि सजिलो थिएन ।

तैपनि महासंघ जस्तो सम्पर्ूण्ा नेपाली पत्रकारहरुको एक मात्र साझा संगठनलाई जिल्लामा पनि क्रियाशील बनाउनु तत्कालीन आवश्यकता थियो । त्यस बेला जिल्लामा पत्रकारका रुपमा क्रियाशील जे जति साथीहरु थियौं, सबैले महासंघ शाखा स्थापना गर्ने पहल थाल्यौं । महासंघको विधान अनुसार शाखा गठन गर्न आवश्यक निम्नतम् पत्रकार सदस्य संख्या जुटाउदै एक दशक अघि शाखा गठन गरिएको स्मरण छ । शाखा स्थापना गर्दाताका पत्रकारितामा लागेका कतिपय साथीहरु भने अहिले पत्रकारिताको मूल धारमा हुनुहुन्न, तैपनि महासंघ स्थापना गर्ने कार्यका लागि उहाँहरुको महत्वपर्ूण्ा भूमिका रहेको छ । महासंघले उहाँहरुलाई कहिल्यै पनि बिर्सनु हुदैन भन्ने मलाई लाग्छ । कुनै पनि दौडमा भाग लिएपछि दौडलाई निरन्तरता दिने खेलाडी दौडको गन्तव्यमा पुग्न सक्छ भने जस्तै महासंघ स्थापनामा योगदान गरेका तर अहिले पत्रकारितामा क्रियाशील नभएका कतिपय साथीहरु अन्यत्रका क्षेत्रमा रहरलाग्दो प्रगति गर्न सफल हुनु भएको छ । यसकारण त्यस समयलाई हर्ेदा कुनै पनि व्यक्तिले आफूलाई रुचि लागेको क्षेत्रमै विकास गर्न सक्छ भन्ने लाग्छ ।
महासंघ स्थापना भएलगतै लोकतान्त्रिक आन्दोलनमा होमिनु पर्‍यो । यसरी अग्रगमनका सबैखालका आन्दोलनको भूमिकाबारे तपाईको दृष्टिकोण के छ ?
जिल्लामा पहिलो पटक महासंघको शाखा गठन गर्नुको उद्देश्य थियो-सबै पत्रकारहरुको पेशागत दक्षता बृद्धि गर्ने । तर महासंघ स्थापना गरेपछिको समय सजिलो नभएकाले नागरिक समाजको एक अभिन्न अङ्ग भएको महासंघका तर्फाट लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउनका निम्ति आन्दोलन गर्नुपरेको थियो । यस क्रममा पेशागत आन्दोलनका साथै मुलुकको लोकतन्त्रमाथि तत्कालीन सत्ताबाट प्रहार र हस्तक्षेप भएकाले पत्रकार पनि सडक आन्दोलनमा जानु परेको थियो ।
त्यसबेला लोकतन्त्र प्राप्तीका लागि सडकमा आन्दोलनरत राजनीतिक दलहरुसँगै मिलेर राजनीतिक स्वतन्त्रताका खातिर अग्रपंक्तिमा जानु परेको थियो । हामी पत्रकारले पेशागत मर्यादालाई ख्याल गर्दै राजनीतिक आन्दोलनलाई पहिलो प्राथमिकतामा राखेर आन्दोलनमा भाग लियौं । लोकतान्त्रिक अधिकारमाथि बन्देज लगाइएपछि प्रेस स्वतन्त्रताको अधिकार र मानवअधिकार पुनःबहालीका लागि छुट्टै आन्दोलन गर्न आवश्यक नभएको ठहर गर्दै पत्रकारले सुरुमा लोकतान्त्रिक आन्दोलनलाई रोजेका थियौं ।

यस अवधिमा जिल्ला तहको कुरा गर्ने हो भने, हामी पत्रकारले तत्कालीन व्रि्रोही माओवादी र सरकार/राजनीतिक दलका बीचमा समन्वयकारी भूमिका निर्वाह गरेका थियौं । त्यो भनेको सशस्त्र संर्घष्ाका कारण पूरै प्रभावित हुन पुगेको सामाजिक, राजनीतिक, आर्थिक सम्बन्धलाई जोड्न शान्ति स्थापना गर्नु पहिलो शर्त थियो । दर्ीघकालीन शान्ति स्थापना निम्ति हामी पत्रकारले तत्कालीन राजनीतिक एवं सामाजिक पक्षका बीच मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गर्‍यौं । प्रेस स्वतन्त्रता र राजनीतिक अधिकार बहालीका लागि राज्य र व्रि्रोही पक्षमाथि दबाब दिने कार्य त दैनिक तालिका जसरी गर्‍यौं । पत्रकार महासंघ र पत्रकारको त्यस प्रकारको कामले निश्चय पनि धेरै-थोरै प्रभाव पारेको दृष्टान्त हामी सामु प्रशस्तै उदाहरणका रुपमा सम्झनलायक अनुभूतिहरु छन् ।
अहिलेको जिल्ला शाखाको गतिविधिलाई कसरी हर्ेर्नु भएको छ ?
समग्रमा उत्साहप्रद नै छ । तर यतिमै सीमित नरही अझै सशक्त भएर महासंघ अगाडि बढ्नु पर्ने अवस्था छ । महासंघले आफ्नो उद्देश्य पूरा गर्न आचार संहिता, पेशागत मर्यादा र निष्पक्ष पत्रकारिताको धर्मलाई सधैं आत्मसात गर्नुपर्छ । महासंघले वषौर्ंदेखि चाहना राख्दै आएको आफ्नो भवन बनाउने योजनालाई बल्ल साकार रुप दिन थालेको छ । महासंघको भवन निर्माण कार्य पनि अन्तिम चरणमा पुगिसकेको छ । भवन निर्माणसँगै पत्रकारको वृत्तिविकास तथा पेशागत क्षमता विकासको पक्षमा केही योजना बनाउनु आवश्यक छ ।
रोल्पा जिल्लाको पत्रकारिताका गहन सवालहरु के के हुन् ?
समयक्रमसँगै रोल्पाको पत्रकारिताका जिम्मेवारी र महासंघको उद्देश्य पर्ूर्ति हुदै जान्छन् । चाहेर पनि एकै पटकमा सबै उद्देश्य पूरा गर्न र पर्ूण्ा रुपले जिम्मेवारी निर्वाह गर्न सकिदैन । महासंघको हकमा पनि यही नियम लागू हुन सक्छ । जहाँसम्म पत्रकारिताका गहन सवाल छन्, आचारसंहिताको पर्ूण्ा पालना गराउनुका साथै स्थानीय सञ्चार माध्यमलाई संस्थागत विकासको बाटोमा डोर्‍याउनु पर्ने आवश्यकता छ ।

विगतको सशस्त्र द्वन्द्वका कारण विकास एवं परिवर्तनका क्रममा रोल्पा जिल्ला पछाडि पारिएको विषय सबै सामु र्छलङ्ग नै छ । यस अर्थमा पत्रकारिताले जिल्लाको सामाजिक, आर्थिक, सांस्कृतिक एवं शैक्षिक विकासलाई अझ र्सवसाधारणको घर दैलोसम्म अनुभूत हुने खालका गतिविधिलाई महासंघले अघि सार्नु पर्छ । यहाँका थुप्रै स्रोत र साधनको सदुयोग गरी मानिसका जीवनस्तारलाई उकास्नमा पत्रकारिता क्षेत्रको पनि साथ हुनर्ुपर्छ ।
अर्को महत्वपर्ूण्ा कुरा, लामो समय सशस्त्र द्वन्द्वले थिल्थिलो पारेको हाम्रो समाजलाई शान्तिपर्ूण्ा बाटोमा लैजानका निम्ति पत्रकारिता क्षेत्र सहित नागरिक समाज, बौद्धिक समुदाय, शिक्षित वर्ग र राज्य पक्ष साथसाथै भएर लाग्नर्ुपर्छ । महासंघले यसमा समन्वयकारी भूमिका निर्वाह गर्न सक्छ र गर्नुपर्छ ।

रोल्पाली पत्रकारहरुको अवस्था कस्तो पाउनु भएको छ – विश्वसनीय पत्रकारिताका आधार के के हुन् ?
संचार माध्यममा काम गर्ने अवसर पाए पनि रोल्पाका पत्रकारहरुको अवस्था अझैसम्म सुध्रेको छ भन्न मिल्दैन । दिनभर काम गरे पनि उनीहरुले पारिश्रमिक पाउने अवस्थाको कुनै ग्यारेन्टी छैन । संचार माध्यमको संख्या बढेको छ तर त्यो अनुसार सुविधा विकास हुन सकेको छैन । यर्सअर्थमा पत्रकारको पेशागत सुरक्षाका लागि सञ्चारमाध्यमहरुको संस्थागत विकासमा बढी आवाज उठाउनर्ुपर्छ । पत्रकारले समाचार लेखे वापत पारिश्रमिक पाउने अवस्थाको सिर्जना गर्नर्ुपर्छ । पत्रकारहरुले काम गरे वापत तलब पाउने अवस्थाको सुनिश्तिता हुनर्ुपर्छ । पत्रकार महासंघले त्यसका लागि आवाज उठाउनु पर्छ । श्रमजीवी पत्रकारहरुलाई उचित ज्याला, सुविधा र रोजगारीको ज्ञारेन्टी हुनु पर्छ । रोल्पा जिल्लामा क्रियाशील पत्रकारहरु यी अवसरबाट बञ्चित अवस्थामै छन् ।
रोल्पामा भौगोलिक विकटता, अस्पष्ट सामाजिक दृष्टिकोण, कमजोर शैक्षिक अवस्था, सञ्चार माध्यमका अव्यवस्थित आर्थिक नीति लगायतका कारण यहाँको पत्रकारिता क्षेत्र अझै फस्टाउन सकेको छैन । अस्वस्थ प्रतिष्पर्धाका लागि जवरजस्त सञ्चारमाध्यम स्थापना र संचालन गर्ने देखिएकाले पत्रकारको पेशागत सुरक्षामा गम्भीर चोट लागेको छ । तर पनि पत्रकारहरुले थोरै पारिश्रमिकमा पेशाप्रति इमान्दार हुने प्रयास गरेका छन् । यो भने निकै खुशीको कुरा हो । पत्रकारिताको इतिहास त्यति लामो नभइसकेता पनि यहाँको पत्रकारिताको विकास आशलाग्दो र विश्वासयोग्य भने बन्दै गएको छ ।
रोल्पाको पत्रकारिताको विकासका लागि के कस्ता योजना बनाउनर्ुपर्छ ?
पहिलो कुरा त जिल्लामा पत्रकारिता क्षेत्रको पर्ूण्ा संस्थागत विकास गर्नुपर्छ । त्यो त हुन सकेको छैन । परन्तु आगामी दिनमा स्थानीय सञ्चार माध्यमलाई जनमुखी र सशक्त बनाउदै तिनमा कार्यरत पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गर्न सक्नर्ुपर्छ । बेला बेलामा पत्रकारलाई तालिम दिने र पेशालाई मर्यादित बनाउदै जानर्ुपर्छ । अर्को कुरा, पत्रकार सामाजिक उत्तरदायित्वप्रति पर्ूण्ा वफादार हुनर्ुपर्छ । तबमात्र समाजले पत्रकारिताप्रति हर्ेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउन सकिन्छ । विकास निर्माणसँग सम्बन्धित कैयौं विषयलाई बहस, छलफल, चर्चा र अन्तरक्रिया मार्फ् दीगो समाधानतिर लैजान सकिन्छ ।
तपाई पत्रकारितामा लागेपछिका केही अविश्मरणीय क्षण !
मेरो पत्रकारिताका सुरुआती समयमा राज्यपक्ष र व्रि्रोही पक्ष दुवै विध्वंसात्मक गतिविधिमा तल्लीन थिए । राज्य र व्रि्रोही पक्षका बीच दोहोरो भिडन्त भएपछिको भयग्रस्त र त्रसित समाजमा म आफै पनि पत्रकारका रुपमा पुग्ने अवसर पाएँ । मानिसको मनमा भय र त्रासले पूरै बास गरेको त्यस्तो विषम परिस्थितिका बीच मेरो पत्रकारिता निरन्तर अघि बढिरहृयो ।

मलाई डर थियो-कहीँ मेरो पत्रकारिताको गन्तव्य विचलित हुने त हैन भनेर । तर म विचलित भइनँ । सरकार र व्रि्रोही पक्ष बीचको भीषण युद्धको त्यो प्रतिकूल समयमा कलम नै मेरो साथी थियो । अविचलित रुपमा पत्रकारितामै अघि बढिरहेँ । तार्त्पर्य यो छ कि अहिले आएर मलाई लाग्छ, त्यस्तो परिस्थितिमा पनि मेरो कलम डग्मगाएन । प्रतिफल स्वरुप नेपाल पत्रकार महासंघ रोल्पा शाखाको यो दशौं वाषिर्क उत्सवको क्षणसम्म आइपुग्दा मेरो सुरुआती पत्रकारिताको साँघुरो गोरेटो आज फराकिलो सडकका रुपमा परिणत भइसकेको अनुभूति भएको छ । यो क्षण नै मेरा लागि अविश्मरणीय बन्न पुग्यो ।
—————————————————————–
टिप्पणी :
एक बेला थियो, रोल्पामा पत्रकार भनेपछि कसैले पनि चिन्दैनथे । को हो पत्रकार, के हो पत्रकारिता, कस्ता हुन्छन् पत्रकार र के काम गर्छन् पत्रकारले भनेर जताततै अन्यौलता छाएको थियो । उनको कलम त्यही अन्यौलता चिर्दै अघि बढेको हो । जसका कारण उनी जिल्लाका सशक्त एवं अविछिन्न रुपमा लागिपरेका पत्रकार बन्न सफल भए ।
तर अहिले समय फेरिएको छ । रोल्पामा पत्रकारको संख्या, पत्रपत्रिका र सञ्चार माध्यमको संख्यामा बृद्धि भएको छ । सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पाबाटै पत्रकारिताको करिअर सुरु गरेका उनले द्वन्द्वलाई निकै नजिकबाट नियाल्न र र्स्पर्श गर्न सक्षम भए । त्यसले उनलाई उनको पत्रकारितामा लागिरहन र अघि बढ्न थप हौसला पुग्यो । भर्खर सुरुआत भएको पत्रकारिताको रोल्पामा लामो इतिहास थिएन । उनले थालेको पत्रकारिता यात्राबाटै जिल्लाको पत्रकारिताको जग बसाल्न मद्दत पुगेको हो ।
यहीँबाट सुरु भएको माओवादी युद्ध चरम उत्कर्षा पुगेका बेला रोल्पामा पत्रकारिता थालेका डा“गीको जन्म शिक्षा दिवसका दिन रोल्पाको जुगार गाविसमा भएको हो । स्वर्गीय आमाबुवाको प्रेरणाबाट जानीनजानी पत्रकारितामा लागेका उनले २०५७ देखि कान्तिपुर दैनिकमा रोल्पाबाट समाचार सम्प्रेषण गर्दै आएका छन् । उनी पर्ूवाञ्चल विश्व विद्यालय अर्न्तर्गत ‘मार्स्र्टस इन मिडिया टेक्नोलोजी’ विषयमा शोधरत छन् ।

उनी रोल्पाको पहिलो पत्रिका रोल्पा आवाज पाक्षिकका सम्पादक पनि हुन् । सुरुआती दिनमा उनले दाङबाट प्रकाशित हुने गाउघर सातदिने, सव्यसाँची साप्ताहिक र नया“ युगबोध दैनिक मा समेत रोल्पाबाट त्रसितको उपनामबाट रिपोर्टिङ गर्थे । पछिल्लो समयमा उनी चाङ चिरागको नामले कविका रुपमा साहित्यिक क्षेत्रमा उदाएका छन् ।
-चित्रकार रामचन्द्र श्रेष्ठ
========================================================================

यो अन्तरवार्ता नेपाल पत्रकार महासंघ रोल्पा शाखा स्थापना भएको दश वर्ष पुगेको अवसरमा महासंघ रोल्पाले १६ मंसिर २०७२ का दिन प्रकाशित गरेको एक दशक नामक स्मारिकाबाट साभार गरिएको हो ।
१६ मंसिर २०७२ Rolpa, Liwang