भाषण

 

मञ्च
यताउति मानिसहरु
केही कुर्सीहरु
केही क्यामेराहरु
केही मोबाइलहरु
केही नोटबुक
र,

 

केही कलमहरु
र, एउटा माइक
उभिन्छ एक मान्छे-
वक्ताका रुपमा
र, बोल्न थाल्दछ-शब्दहरु ।
केही मिनेट
कान नथाक्दासम्म
माइकमा ब्याट्री छँदासम्म
र, संचालकले चिट
नपुर्याउँदासम्म
बोलिरहन्छ ऊ
एक सुरले-भाषण ष्
सुनाउँछ
केही अनुभवहरु
केही भोगाईहरु
र, केही विचारहरु
सक्छ उसले
केही शब्दमै धारणाहरु
केही विचारहरु
र,
र, बन्छ त्यो भाषण ।
रोल्पा
==========