एमाओवादी अध्यक्ष दाहालको ‘रोल्पा-टि्रप’ – प्रचण्डको ‘बंकर’ मोह


एमाओवादी अध्यक्ष पुष्कपकमल दाहालले ‘रिफ्रेस’ हुन कात्तिक २४ देखि ५ दिनसम्म गरेको रोल्पा भ्रमणको चर्चा एक साताभर खुबै प्रचारित भयो । सञ्चार माध्यमहरुमा सनसनी चर्चाको रुपमा यो विषयले स्थान पायो । कतिसम्म भने दाहालले रोजेको रोल्पा भ्रमणलाई राम्रो वा नराम्रो, ठीक वा बेठीक, सान्दर्भिक वा असान्दर्भिक भनेर विविध कोणबाट टिका-टिप्पनीहरु पनि भए । संविधान बनाउन तोकिएको समय र्घर्किरहेको बेला उनले गाउको भ्रमण रोज्नुलाई सबैले चासोको रुपमा हेरे । यद्यपि एउटा नेताको गाउ यात्राबारे किन यति धेरै चर्चा भयो – दाहाल
जसरी के अरु कुनै नेता गाउ जादैनन् र तिनीहरुको चर्चा हुदैन –
किन दाहालको भ्रमणको मात्र चर्चा भयो – अथवा दाहालको भ्रमणबारेको यो चर्चा के सुनियोजित थियो – उनको भ्रमणलाई लिएर यी र यस्ता अनेकौं आशंकायुक्त प्रश्नहरु सडकसम्मै खुलमखुला व्यक्त भए ।
पुष्पकमल दाहालले निर्धारित योजना अनुसार एक साताव्यापी ‘रोल्पा भ्रमण’ गर्न सफल भए । उनैले लिएको लक्ष्य अनुसार उनले रोल्पा-घुमाइलाई निकै हदसम्म सफल तुल्याए पनि । भ्रमण अवधिभर उनले व्यक्त गरेका अभिव्यक्तिहरुमा घोत्लिएर हर्ेदा उनी शान्ति प्रक्रिया र संविधान लेखन यात्राबाट ‘त्रसित’ मानसिकतामा पुगेको प्रष्ट रुपमा देख्न पाइयो । संविधान लेख्नका लागि बानेश्वरको संविधानसभा हलभित्र तात्तातो बहस मार्फ सहमति निकाल्ने बेला त्यसबाट विरक्तिएर सुनसान गाउको यात्रा थाल्नुले वर्तमान राजनीतिक परिदृश्यप्रति उनको हतास मनोविज्ञान त र्छलङ्ग नै भयो, साथै संविधान लेखन वा महत्वपर्ूण्ा राजनीतिक विषयमा दलहरु बीच टेबुलमा स“गै बसेर छलफल गर्ने वातावरण समेत विथोलिइसकेको स्पष्टोक्ति दिए । र, उनले सहमति र छलफलको वातावरण निर्माण गर्न कुनै बौद्धिक तरिका भन्दा ‘घुर्क्याई“ र धम्की’ को तरिका नै सही भएको सन्देश दिन चाहेको देखियो ।

संविधान लेखन यात्रामा होमिएका एउटा शान्तिप्रति पर्ूण्ा वफादार र त्यसनिम्ति प्रयत्नशील भएको नेता भन्दा एक ‘व्रि्रोही’ का रुपमा उनले पुनः गाउसम्म पुगेर त्यसखालको व्यवहार प्रस्तुत गरे । यसबाट थाहा हुन्छ, आफूले चाहे जस्तो परिस्थिति निर्माण गर्न दाहाल जे पनि गर्न तयार छन् र सफल पनि हुदै आएका छन् । जनाकांक्षा अनुसारको संविधान लेख्न सकिने छैन र त्यसका लागि आफू वा आफ्नो पार्टर्ीीमाओवादी तयार छैन भन्ने सन्देश पनि अहिलेको अवस्थाप्रति ताकिएको हुनसक्छ तर संविधान लेखन र शान्ति निर्माणको वर्तमान गतिशील अवस्थामा त्यो केवल एउटा मिथ्या सावित हुनेछ । त्यसैले उनको ‘रोल्पा टि्रप’ को सिधा सन्देश हो, मेरो कुरा नै सही हो र यो नै लागू हुनर्ुपर्छ, त्यसप्राप्तीका लागि म जे पनि गर्न तयार छु ।
के त्यसो भए उनी संविधान नलेखी पछि हट्लान त – कि उनले भने झै पुनः युद्ध वा व्रि्रोह हुन सक्ला – के दाहाल त्यसका लागि तयार छन् – त्यसो भए उनले रोल्पाका गाउमा पुगेर किन अशान्ति र व्रि्रोहका कुरा गरे – अथवा संविधान नबन्ने भएमा व्रि्रोह होला – वा त्यो व्रि्रोह गर्ने ठाउ रोल्पा नै होला – अखिर उनले फेरि व्रि्रोह वा युद्धको क्षण किन सम्भिmए – ठीक यसैबेला एमाओवादीबाटै फुटेर अलग भएको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले पनि आफ्नो पक्षको भेला बोलाएर रोल्पा-रुकुमको राजनीतिक गर्मी बढाइरहेका छन् । दाहालको रोल्पा भ्रमण संयोग रह्यो होला, तर उनको पार्टर्ीीट अलग भएका नेताहरुले पनि वर्तमान अवस्थाको विरुद्ध ‘व्रि्रोह’ छेड्ने धम्कीको भाषा बोलिरहेका छन् ।

रोल्पा यात्रा थालेको सुरुआतमै दाहालले दाङबाट घोषणा गरे-रोल्पा पुगेर ‘बंकर’ मा सुत्छु । अथवा म ती बंकर मन पर्छ । त्यसलगत्तै रोल्पाका कुनाकाप्चा गाउ पुगेका उनले करिब एक साताभर बंकरको पनि खोजी गरे । र्सवसाधारणका बीचमा आफ्ना पुराना दिन सम्झेर उनले केही क्षणका लागि राजधानीमा चर्केको असहमति र विवादलाई भुल्न सके होलान् तर के रोल्पाले दाहाललाई सा“च्ची ऊर्जा दिन सक्ला – दाहालले चाहेको भ्रमणको ‘फिड्ब्याक’ का रुपमा केही ‘भावना/उत्तेजना/ऊर्जा’ त अवश्य प्राप्त भयो होला तर त्यसले केन्द्रीय राजनीतिमा के फरक पार्ला – यसक्रममा २०५२ साल फागुन १ मा सशस्त्र युद्ध सुरु गरेको रोल्पाको चर्चित ठाउ होलेरीमा पुगेर उनले भने, मलाई ऊर्जा चाहिएको छ । म ऊर्जा लिई काठमाडौ र्फकन चाहन्छु ।

प्रश्न उठ्छ, त्यो ‘ऊर्जा’ केका लागि – सशस्त्र व्रि्रोहकालीन समयमा आफू घुमेका गाउहरु पुनः घुमेर उनले संविधान बनाउन चाहिने ऊर्जा पाए होलान – उनले ऊर्जा मात्र खोजेनन युद्ध-कालमा गरेका गतिविधिको फेहरिस्त र्सार्वजनिक पनि गरे । ‘मैले बन्दूक चलाउन सिके“, म बंकरमा बसे“, युद्धको योजना बनाए“, सुरुङ बनाउनर्ुपर्छ भने“’ जस्ता अभिव्यक्ति र्सार्वजनिक गरेर उनले घुमाउरो हिसाबले अझै पनि ‘युद्धको महत्व’को चर्चा गर्न भ्याए । यतिमात्र हैन, उनले कैयौ पटक ती दिन/दृश्यहरु रिल झै फनफनी दिमागमा घुमेको समेत र्सार्वजनिक अभिव्यक्तिमार्फ बताए । यी धारणाले केवल पुराना यादको सम्झना गराए भनेर मान्न सकिएका तर कति ती धारणा कति समयसापेक्ष थिए भन्ने लामो बहस गर्न पनि सकिन्छ । अर्को अर्थमा यी अभिव्यक्तिको सोझो अर्थ हुन्छ, संविधान बनाउन विवादित मुद्दाहरु शासकीय स्वरुप, संघीयता, निर्वाचन प्रणाली लगायतमा अरु दललाई सहमतिमा दबाब सिर्जना उनका यी पुराना यादहरु सान्दर्भिक बनाउने प्रयास गरेका थिए । दाहालले सकेसम्म दलहरुलाई सम्झाएर, फकाएर सहमतिमा ल्याउन चाहन्थे नभए युद्धको उद्गम स्थल रोल्पाको प्रसंग ल्याएर ‘धम्की’ पनि दिन तयार भए । त्यो मानेमा दाहाल एक हदसम्म सफल पनि भए ।

यी सम्झनाहरु/अनुभवहरु सम्झनाका लागि उचित र सहज मानिएलान । हुन्छन् । तर के ती दिन सम्झन र पुनः सम्झाउन के अहिलेको समय उचित छ – त्यसबाट ऊर्जा लिनु भन्ने कि पाठ सिक्नु भन्ने – संभवतः ऊर्जा प्राप्त गर्दा अरु बंकर खोज्न गाउ पस्नु पर्ने हुनसक्छ भने पाठ सिक्दा चाहि“ तोकिएको समयमै संविधान बनाउनु पर्नेछ । दाहाल र उनको यात्राका सहयात्रीले यी कुराको अन्तर अवश्य छुट्याउनेछन् र मुलुकलाई समुन्नत विकास र शान्तितिर उन्मुख बनाउनेछन् । त्यसकारण संविधानसभामार्फ संविधान नलेखी दाहाल वा दाहाल जस्ता शर्ीष्ास्थ नेताहरु यतिबेला बंकर खोज्न गाउतिर ताक्नु उचित हुनेछैन । रोल्पाका जस्ता गाउमा बंकर वा युद्धोम्मुख गतिविधि पर््रदर्शन गरेर नया“ संविधान बन्न पनि सक्दैन, संभव छैन ।
दाहालको रोल्पा भ्रमण त्यतिबेला थालिएको थियो, जतिबेला संविधानमा विवादित मुद्दा टुंग्याउन सबै दलबीच सहमतिको खा“चो थियो । तर दाहाल आफ्नै पार्टर्ीी सहकर्मी नेतालाई समेत जानकारी नदिई गाउतिर हान्निनुले पार्टर्ीीत्रको असहमति, फूट र गुटको स्पष्ट संकेत गरेको छ । यात्राक्रममा उनी जहा“जहा“ पुगे, त्यहा“ अरु दललाई चेतावनी र ‘धम्की’ दिदै अघि बढे । तर उनले रोल्पाको गाउमा पुगेर भने, शान्ति प्रक्रिया टुंग्याउन र जनमुखी संविधान बनाउने अभियानका रुपमा यो यात्रालाई बुझ्नर्ुपर्छ । माओवादीका पर्ूव लडाकु कमाण्डरहरुसहित रोल्पा पुगेका दाहालले आफू पुगेका ठाउहरुमा शान्तिका कुरा निकै कम गरे र युद्धका बयान बढी गरे । उनले पुरानै शैलीको व्रि्रोह र युद्धका गतिविधिको लामो व्याख्या समेत गरे ।
रोल्पामा दिएको अभिव्यक्तिबाट उनी आफैले हस्ताक्षर गरेको शान्ति सम्झौताको विपरीत कार्य-व्यावहार पर््रदर्शन गरे । उनले शान्ति सम्झौताको भित्री अर्थ भुसुक्कै भुले । किनकि उनले होलेरीमा बंकर/सुरुङ हर्ेन मन लागेको बताए । र्घर्तीगाउ, राङ्सी र माडीचौरमा पनि उनले ‘युद्ध-सम्बन्धित’ अभिव्यक्ति दिए । र्सवसाधारणको कुरा/धारणा उनले सबै ठाउमा सुने तर आफूले अहिलेको सत्ता र व्यवस्थाले कुनै उपलब्धि हुन नसक्ने जस्ता असन्तुष्टि पोखे । यसबाट के स्पष्ट हुन्छ भने संविधान बनाउन विवादित मुद्दाहरुका बारेमा कांग्रेस-एमाले लगायतका दलहरुस“ग असझदारी कामयै छ र त्यसको ‘हृयाङ्ओभर’ उनले रोल्पासम्म महसुस गरे । उनको अभिव्यक्ति सुन्दा लाग्छ, केन्द्रीय राजनीतिक थलोमा असन्तुष्टि वा नैराश्यता उत्पन्न हुनेबित्तिकै उनले गाउको यात्रा रोज्छन् । तर ती गाउको विकासका कुरा फगत ‘प्रासंगिक’ सावित हुन्छन्, भइरहेका छन् । यस अर्थमा यसपालिको रोल्पा यात्राको सन्देश पनि यही रह्यो ।

एक पटक असफल र अर्को पटक पनि असफलताको नजिक रहेको संविधानसभाभित्र यतिबेला संविधानका विवादित विषयले चर्को बहस सिर्जना गरेका छन् । त्यसकारण ठूलामात्र हैन, साना दलहरुबीचमा सहमति, र सहजदारी बन्न सकेको छैन । उच्च स्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका एमाओवादीका अध्यक्ष दाहाललाई रोल्पा यात्राले ‘ऊर्जा’ त मिलेकै होला तर कुन अर्थमा – तोकिएको समयमै संविधान बन्न नसकेमा यी सब ‘हरकत’ बेकार सावित हुनेछन् । यस अर्थमा दाहालको यो भ्रमण पनि मानसिक ‘रिफे्रस’ मा सीमित हुनेछ ।
दाहालको ‘रोल्पा टि्रप’ ले राजधानीमा बेग्लै चर्चा बटुलेको होला । संविधानसभा अध्यक्ष सुबास नेम्वाङ्ग र प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र आफ्नै पार्टर्ीी उपाध्यक्ष डा बाबुराम भट्टर्राई समेतले विवादित विषयमा चा“डै सहमति कायम गर्न रोल्पा घुम्न व्यस्त दाहाललाई टेलिफोन गरेरै दाहाललाई राजधानी आउन आग्रह समेत गरेका थिए । यसबाट दाहालको रोल्पा-यात्रा र ‘राजनीतिक घर्ुर्की’ सफल पनि भएको मान्न सकिन्छ । उक्त टेलिफोन प्रकरणले दाहालको महत्वलाई थप बढाएको छ । आशा गर्न सकिन्छ कि अब दलहरुबीच चा“डै सहमतिको यात्रा तय हुनेछ । विवादित विषयमा छलफलका माध्यमबाट वास्तविक सहमति बन्नेछ । तोकिएको समयमा नया“ संविधान बन्न सक्नेछ ।

र, अन्त्यमा
रोल्पामा पुगेर दाहाले व्यक्त गरेका ‘व्रि्रोह’ र ‘युद्धोम्मुख’ भाषणबाट विविध प्रकारका आशंका र विश्लेषण गर्न सकिन्छ । १. कुनै बेला सशस्त्र युद्धको ‘नायक’ बनेका दाहाल अझै पर्ूण्ातः शान्ति प्रक्रियामा सन्तुष्ट देखिदैनन् । त्यसैले १९ वर्षछि पनि दाहालले बंकर खोजे र युद्ध उद्गम थलो रोजे । यसबाट विगतको सशस्त्र युद्धको प्रभाव उनमा अझै प्रभाव कायमै छ भन्ने देखाउछ । रोल्पा पुगेका बेला उनले विगतको युद्ध अवधिमा झै अबीर-माला र बाजागाजाले स्वागत पाए । यसबाट ‘व्रि्रोह’ र ‘युद्धोम्मुख’ भाषा बोल्ने दाहाल के सा“च्चै हौसिए होलान् – २. रोल्पा पुगेर दाहालले बंकर र सुरुङ खोज्न आएको धारणा राखे । प्रश्न उठ्छ, के अहिले रोल्पामा ‘बंकर खेती’ भइरहेको छ – युद्ध अवधिमा दाहाल स्वयं सहभागी भई तत्कालीन सरकार, सेना, प्रहरी र विदेशीबाट जोगिन बंकरमा लुक्ने चलन बसाएका थिए । शान्ति प्रक्रिया भइकन पनि २/२ पटक संविधानसभा निर्वाचन सम्पन्न भइसकेका छन् । अहिले ती बंकरको के काम – उनी प्रधानमन्त्री समेत भइसकेकाले संभवतः राज्यको सबै पक्ष/अंगलाई उनी राम्ररी चिन्दछन् र विश्वास पनि गर्दछन् । यस अर्थमा उनलाई कसबाट डर भयो र बंकर खोज्नु पर्ने अवस्था आयो – र, ३. दश वर्षो सशस्त्र युद्धको अवधिमा सबैभन्दा ठूलो क्षति व्यहोर्नेमा रोल्पा जिल्ला अगाडि छ । यहा“ ठूलो मानवीय र भौतिक क्षति भएको थियो र त्यस युद्धको अगुवाई उनै दाहालले नै गरेका थिए । उनलाई थाहा हुनु पर्ने हो, युद्धबाट क्षति पाएको जिल्लाले विकास, शान्ति र परिवर्तन खोजेको छ । त्यसो त उनी पहिलो संविधानसभा निर्वाचन २०६४ मा रोल्पा २ बाटै सभासद चुनिएका थिए । दाहालसामु अहिले पनि प्रश्न गर्छन्, दाहालले रोल्पामा विकासका कति कार्यक्रम ल्याए – युद्ध अवधिमा ‘वर्गीय समानता’ र शान्ति प्रक्रियाका बेला ‘विकासको खोलो बगाउने’ जस्ता लोकप्रियताका नारा कहा“ गए – सबैभन्दा बढी मानवीय र भौतिक क्षति गुमाएका जिल्लाबासीले के फेरि पनि युद्ध पर्खेर बसेका होलान – के रोल्पाका जनताले यतिबेला बंकर बनाउने काम गरिरहेका होलान – यस्तो अभिव्यक्तिले रोल्पाली र आमनेपालीलाई अलमल्याउने चेष्टा मात्र गरेको छ ।

दाहालको यसप्रकारको अभिव्यक्तिले सोझो र अबोला रोल्पालीमाथि जानाजान लात हान्ने काम भएको छ । युद्धकालीन झझल्को दिने बंकर र सुरुङ खोज्न जानु परे रोल्पा जानर्ुपर्छ भन्ने मानसिकताको विकास गर्नु वा यस्तो प्रचारमा लाग्नु रोल्पाली मात्र हैन, सम्पर्ूण्ा शान्तिकामी जनतामाथि अन्याय थोपर्नु नै हो । त्यसैले रोल्पालीका सामु अब बंकर, सुरुङ र हतियारको बखान गर्न हैन विकासका योजना ल्याएर आउनु न्याय हुनेछ । र, यो नै अहिलेको खा“चो हो ।
२८ कात्तिक, २०७१