चाङ चिराग

सत्ता–रुख र मान्छे
म खुलासा गर्छु आज–
सत्ता नामको
एउटा ठूलो रुख छ हाम्रो नेपालमा
केही मानिसहरु
लम्बेतान लाइनमा देखिन्छन्
आलोपालो रुख चढ्न
अनुशासित बनेर पर्खेका छन्
मायावी तरिकाले
पहिलो, दोस्रो, तेस्रो र चौथो पुस्ता
हेर्दै रहर लाग्दा अनुहार
कति मिलेर लाइनमा छन्
हात धोएर खाना पर्खेका जस्ता
धूप बोकेर मन्दिर पस्ने जस्ता
‘स्टेरिङ्ग’ समाउन साँचो बोकेका जस्ता
हेर्नस् त कति रमाएका देखिन्छन्–चाङ चिराग